राष्ट्रिय बाणिज्य बैंकको नाफा सबैभन्दा बढी

काठमाडाैं : सूचिकृत २७ बाणिज्य बैंकहरूमध्ये राष्ट्रिय बाणिज्य बैंकले चालु अार्थिक बर्षको पहिलो त्रैमासमा सबैभन्दा धेरै नाफा अार्जन गर्न सफल भएको छ ।

साउनदेखि असोज मसान्तसम्म यो बैंकले ५७.७३% ले खुद नाफा बृद्धि गरेको हो । बैंकले तीन महिनामा १ अर्ब ११ करोड रूपैयाँ नाफा अार्जन गरेको छ । 

राष्ट्रिय बाणिज्य बैंकले निक्षेप संकलनमा समेत अन्य बैंकहरूलार्इ उछिनेको छ । कर्जा प्रवाहमा एनअाइसी एसिया, नेपाल इन्भेष्टमेन्ट र नबिल बैंकभन्दा पछाडि यो बैंक नै देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?