कति पुग्यो सुनको मूल्य ?

काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला ५८ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

दुई दिनदेखि यहि मूल्यमा सुनमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । 

तेजावी सुन भने प्रतितोला ५८ हजार ४ सय रुपैयाँ तोकिएको छ । 

यता चाँदीको पनि दुइ दिन देखि एउटै मूल्यमा कारोबार भएको छ । चाँदी प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?