प्रचण्डपुत्र प्रकाशको निधनको पहिलो वार्षिक तिथि, के भने प्रधानमन्त्री ओलीले ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पुत्र प्रकाशको निधनको पहिलो वार्षिक तिथिमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पुत्र वियोगमा पनि अध्यक्ष प्रचण्डले धैर्यता देखाएको बताएका छन् । 

सोमबार बिहान आयोजित श्रद्धाञ्जली कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । 

चुनावको समयमा पनि प्रचण्डले असाधारण धैर्यता देखाएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले भने,‘प्रचण्डपुत्र प्रकाशको निधन भएको बेला हामी दुवै झापामा थियौं । प्रचण्डलाई फोन आयो र दुःखद खबर सुनियो । मैले पत्याउँदै सकिन । तर, पछि पत्याउँनै पर्यो । त्यस समयमा पनि प्रचण्डले पुत्र शोकमा पनि असाधारण धैर्यता देखाउनुभयो ।’

श्रदाञ्जली सभामा प्रधानमन्त्री ओलीले ९ मिनेट बोलेका थिए । ओलीले श्रदाञ्जली सभा भएकाले राजनीतिक विषयमा टिप्पणी नगर्ने स्पष्ट पारे । 

प्रकाशको निधनको बेला तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र चुनावी तालमेलमा थिए । 

विरामी भइ अस्पताल भर्ना भएका ओली डिस्चार्ज भएपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी भएका हुन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?