बुधवारदेखि विराटनगरमा नेत्रहीन क्रिकेट प्रतियोगिता हुने

विराटनगर । नेत्रहीन क्रिकेट संघ नेपालले शहीद रङ्गशालामा ‘प्रथम रोनाल्ड म्यकुली कप’ सञ्चालन गर्ने भएको छ । 

प्रतियोगिता मङ्सिर ५ दखि ८ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा म्याग्दी, झापा, बर्दिया र त्रिभुभन आर्मी क्लब सहभागी हुने सङ्घका केन्द्रीय अध्यक्ष पवन घिमिरेले पत्रकार सम्मेलनमा जानकारी दिए ।

विश्व नेत्रहीन क्रिकेट परिषद् नेत्रहीन क्रिकेट खेल नियमअनुसार टि–२० ढाँचामा खेल खेलाइनेछ । यस वर्षदेखि शुरु हुन लागेको सो प्रतियोगितामा ६० खेलाडीले भाग लिने सङ्घका अध्यक्ष घिमिरेले बताए । 

प्रतियोगिता सञ्चालन गर्न करीब सात लाख ५० हजार खर्च हुने बताइएको छ । उद्घाटन खेल झापा र बर्दियाबीच हुने कार्यक्रम तय भएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?