काठमाडौं । विश्वव्यापी अग्रणी स्मार्टफोन ब्रान्ड भिभोले शुक्रवार नेपालमा आफ्नो ५ वर्ष पूरा गरेको छ । विगत पाँच वर्षदखि बजारमा आफ्नो बलियो उपस्थितिको फलस्वरूप, भिभो नेपालको लोकप्रिय स्मार्टफोन ब्रान्डहरूमध्ये एक बन्न सफल भएको हो । पाचौँ वार्षिकोत्सवको उपलक्ष्यमा, भिभोले आफ्ना उपभोक्ताहरूलाई आभार प्रकट गर्न आकर्षक उपहारहरु र विशेष मूल्य कटौतीसहित आफ्नो वार्षिक सेल्स कार्निभल शुरु गरेको छ ।
भिभो सेल्स कार्निभल अन्तर्गत ग्राहकहरूले भिभो स्मार्टफोन खरिद गरेर बम्पर लक्की ड्र मा दुई जनाले ४३ इन्चको भिडियोकन स्मार्ट टिभी, हरेक हप्ता एक जनाले भिभो वाई१५सी, हरेक हप्ता दुई जनाले जेबेल्जको स्मार्टवाच, हरेक दिन दुई जनाले नोइज इयरबड र ३० हजारभन्दा माथिको कुनै पनि फोन खरिदमा थप ६ महिनाको वारेन्टीसहित आकर्षक पुरस्कारहरू जित्ने मौका पाउनेछन् ।
यसका लागि लक्की ड्र मा सहभागी हुन् ग्राहकहरुले www.vivodashain.com वा भिभोको सामाजिक सञ्जालमा भएको क्यूआर कोर्ड स्क्यान गरेर आवश्यक विवरण पेश गेरेपछि तत्कालै आफूलाई परेको पुरस्कार थाहा पाउँन सक्नेछन् ।
पुरस्कार जित्नका साथै, ग्राहकहरूले कार्निभल अवधिभरि केही उत्कृष्ट स्मार्टफोनहरू अझ सुपथ मूल्यमा किन्न सक्छन् जसअन्तर्गत सेल्स कार्निभल अवधिका लागि वाई२१ (४+६४जीवी) को मूल्यमा १ हजार रुपैयाँले घटाइएको छ ।
त्यस्तै, वाई १५ एस र वाई १५ सी को मूल्य १ हजार ५ सयले घटाइएको छ । यससँगै कार्निभल अवधिका लागि वाई २१, वाई १५ एस र वाई १५ सी को नयाँ मूल्य क्रमशः २१ हजार ९ सय ९९, १८ हजार ४ सय ९९ र १६ हजार ४ सय ९९ रुपैयाँ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया