नेविसंघको म्याद दुई महिना थप्ने निर्णय प्रति महामन्त्री कोइरालाको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपाल विद्यार्थी संघ (नेविसंघ)को महाधिवेशन दुई महिनापछि सार्ने पार्टी केन्द्रीय कार्यसमितिको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन् । 

आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले नेविसंघको म्याद दुई महिना सार्ने गरेको थियो । 

उनले २ महिना भित्र नेविसंघको महाधिवेशन सम्पन्न गराउन नसकिने भन्दै नेविसंघको महाविधेशनको मिति ६ महिनापछि सार्नु पर्ने बताए । 

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि पत्रकारसँग कुरा गर्दै उनले पार्टीको निर्णय प्रति आपत्ति जनाएका हुन् । 

आइतबार साँझ बसेको पार्टी केन्द्रिय कार्य समिति बैठकमा सभापति शेरबहादुर देउवाले नेविसंघको म्याद २ महिना मात्रै थप गर्ने प्रस्ताव बहुमतले पारित भएको थियो । 

महामन्त्री कोइराला भने आइतबारको केन्द्रीय कार्यसमिति बैठकमा उपस्थित भएका थिएनन् । 

फागुनमा स्ववियूको निर्वाचनपछि नेविसंघको महाधिवेशन गर्ने निर्णय गरेको भए उपयुक्त हुने उनको प्रतिक्रिया थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?