ओहो ! कति क्युट देखिएकी नम्रता (फोटोफिचर)

काठमाडौं । नायिका नम्रता श्रेष्ठलाई कतिपयले बलिउडकी अभिनेत्री कंगना रनावतसँग पनि तुलना गर्छन् । उनी त्यति धेरै फिल्ममा खेलेकी हुँदिनन् । जति फिल्म खेल्छिन्, ती फिल्ममा आफूलाई दाबेदार र सशक्त बनाउँछिन् । उनको अभिनयको चर्चा पछिसम्म पनि भइरहन्छ ।

पछिल्लो समय उनले अभिनय गरेको फिल्म ‘पर्व’ ले खासै आक्रामक व्यापार गर्न सकेन । प्रतिक्रिया भने मिश्रित पायो । मसिंर २१ गते उनी अभिनित चलचित्र ‘प्रसाद’ रिलिज हुँदैछ । उक्त फिल्ममा नम्रता अभिनेता विपिन कार्कीको अपोजिटमा देखिनेछिन् । रिलिजअघि नै गीत र ट्रेलर चर्चामा आउँदा यतिबेला फेरि नम्रताको चर्चा पनि थपिएको छ ।

उनको फिल्म ‘जाइरा’ निर्माणको क्रममा छ । यतिबेला भने नम्रता ‘प्रसाद’ को प्रचारमा पनि समय दिइरहेकी छिन् । नम्रता भन्छिन्, 'म जुन फिल्ममा काम गर्छु, त्यो फिल्मको क्यारेक्टरमा डुबेकी हुन्छु, पात्रलाई सक्दो न्याय दिने प्रयास गर्छु ।'

फिल्म 'प्रसाद' मा उनको अभिनय कत्तिको दमदार छ, त्यो त हेर्न बाँकी छ ।

अहिलेलाई भने अभिनयमा राम्रो तारिफ कमाएकी नम्रताका केही तस्वीर हेर्नुहोस्ः

तस्वीरहरू: अर्घेलो थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?