शहिद स्मारक ‘ए’ डिभिजन लिग : एपीएफ क्लबको पहिलो जित

काठमाडौं । जारी शहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गतको खेलमा एपीएफ क्लबले पहिलो जित हात पारेको छ । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सोमबार भएको खेलमा फ्रेन्ड्स क्लबालाई १–० ले पराजित गर्दै एपीएफले पहिलो जित दर्ता गर्न सफल भएको हो ।  

एपीएफलाई जित दिलाउन प्रविन स्याङतानले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको इन्जुरी समयमा प्रविनले गोल गर्दै एपीएफलाई ३ अंक दिलाए । 

त्यसअघि बल पोजिसनमा पकड जमाए पनि एपीएफले थप गोल गर्न सकेको थिएन् । 

खेलमा म्यान अफ दि म्याच एपीएफका प्रविन नै चुनिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?