बुटवल । नेकपा एमाले रुपन्देही जिल्ला कमिटीले लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट तत्काल नसार्न आग्रह गरेको छ । प्रदेश सरकारले बुटवलबाट विभिन्न कार्यालयहरू सार्न थालेपछि एमालेले कार्यालयहरू सार्ने हतार नगर्न सरकारको ध्यानाकर्षण गराएको हो ।
एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले जारी गरेको विज्ञप्तिमा दाङमा राजधानीका लागि आवश्यक पूर्वाधारहरू तयार नभएको भन्दै राजधानी सार्ने हतार नगर्न आग्रह गरेका हाे । जारी विज्ञप्तिमा बुटवलमा राजधानीका लागि आवश्यक पर्ने सबै पूर्वाधारहरू रहेको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा वर्तमान काम चलाउ सरकारले सस्तो लोकप्रियताका लागि पूर्वाधार तयार नभएको अवस्थामा समेत राजधानी सार्ने हतार गरिरहेको उल्लेख छ । नयाँ प्रदेश सभा निर्वाचित भइसकेको अवस्थामा नयाँ प्रदेश सरकारले यो काम गर्दा उपयुक्त हुने एमालेको ठहर छ ।
एमाले महासचिव शंकर पोखरेल नेतृत्वको तत्कालीन लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानी दाङ तोकेको थियो ।
एमालेले जारी गरेकाे विज्ञप्ति :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया