‘न यता, न उता’ माघ २५ मै आउने

काठमाडौं । चलचित्र ‘न यता, न उता’ ले रिलिज डेट फाइनल गरेको छ । मिति जारीसँगै अब यो सिनेमा माघ २५ गतेदेखि सार्वजनिक हुने भएको हो ।

ऋचा शर्मा, छुल्ठिम गुरुङ, मिराज रोश, समीर दीक्षित, बुद्धि तामाङ, रविन्द्र झा, राजाराम पौडेल, कमलमणि नेपाल, नम्रता सापकोटा, सिल्सा जिरेल, लुभिना तुलातर, राजन खतिवडा, जयनन्द लामा लगायतका कलाकारले अभिनय गरेको यो फिल्मलाई कमेडी फिल्म भनिएको छ । चलचित्रमा मिराज रोश र विशारद बस्नेतले निर्देशन गरेका हुन् ।

चलचित्रलाई ओम गुरुङ र रीना लामा कार्यकारी निर्माता रहेको सिनेमामा अमित अर्याल, विजय अवाले, विनिता अधिकारी, डाक्टर निराजन शर्मा लगायतले लगानी गरेका छन् ।

चलचित्रमा अभिमन्यु निरवीले कथा, पटकथा तथा संवादले लेखेका हुन् । यस्तै फिल्ममा विक्रम स्वाँरको कोरियोग्राफी, अरोन अशोक कुमारको छायांकन रहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?