पदक विजेता प्रदीप सम्मानित

काठमाडौं । नेपाल मार्सल आर्ट्स हाप्किडोका पहिलो अन्तर्राष्ट्रिय पदक विजेता प्रदीप थापा सम्मानित भएका छन् । 

गत असोज २५ र २६ गते रुसको पिटर्सवर्गमा सम्पन्न युरोपियन अल स्टाइल स्पोर्ट्स नेपाल मार्सल आर्ट्स हाप्किडो च्याम्पियनशिपमा कास्य पदक जित्न सफल थापालाई सोमवार गृहमन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले सम्मान गरेका थिए । 

सो अवसरमा संक्षिप्त मन्तव्य व्यक्त गर्दै मन्त्री थापाले आगामी दिनमा अझ उच्च प्रदर्शन गर्दै राष्ट्रको नाम राख्न शुभकामना दिए ।

सिन क्योकोसिनका तेस्रो डान प्रदीपले द युनियन अफ हाप्किडो रसियाको आयोजना भएको च्याम्पियनसिपमा ७२ केजीमाथिको तौल समूहमा प्रतिस्पर्धा गरेका थिए । पहिलो खेलमा बाई पाएका उनले दोस्रो खेलमा मेक्सिकोका खेलाडीलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका थिए ।

सेमिफाइनलमा रुसी खेलाडीसँग पराजित भएपछि प्रदीप कास्य पदकमै सीमित बनेका थिए । 

अल स्टाइल स्पोर्ट्समा भएको च्याम्पियनसिपमा अमेरिका, भारत, रसिया, अर्मेनिया, इरान, अस्ट्रिया, जर्मनी र नेपाललगायत एक दर्जन राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

हाप्किडोमा पहिलो पटक राष्ट्रका लागि पदक ल्याएका प्रदीपले यसअघि स्पोर्ट्स च्यानबारामा पनि अन्तर्राष्ट्रिय पदक जितेका थिए । थाइल्यान्डको बैङ्ककमा भएको प्रतियोगितामा पहिलो पटक सहभागी भएका उनले भारतको हैदरावादमा भएको स्पोर्ट्स च्यानबारामा भने रजत पदक जितेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?