आमिरको फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ फ्लप भएपछि निर्मातासँग पैसा माग्दै वितरक

मुम्बई । अमिताभ बच्चन र आमिर खानको जोडी इतिहासमा पहिलोपटक बक्स अफिसमा एकसाथ देखियो । रिलिजअघि यो फिल्मलाई लिएर भारी उत्साह थियो । तर जब फिल्म रिलिज भयो, एकाएक फ्लप भयो । फिल्मको बक्स अफिस ओरालो लागेपछि वितरकलाई पनि घाटा भएको छ ।

बलिउडको एक समाचार साइटले वितरकले ट्युवबलाइटमा जस्तै यो फिल्ममा पनि पैसा गुमाएको लेखेको छ ।

साइटको सूत्रमा भनिएको छ, ‘हामी चाहन्छौँ कि, यो म्यासेज आमिर खान र यशराज फिल्मसँग पुगोस्, जसले गर्दा हाम्रो फसेको पैसा निकाल्न सहयोग गरोस् ।’

‘ठग्स अफ हिन्दोस्तान’ यो वर्ष रिलिज भएको मेगाबजेटको फ्लप भएको हो । जसले दर्शकले मात्र गरेन, बलिउडमा पनि असर पारेको छ । फिल्मको बक्स अफिसको कुरा गर्ने हो यो फिल्मले आजसम्म जम्माजम्मी १ सय ४० करोड रुपैयाँ कमाएको छ ।

फिल्मको पहिलो दिन राम्रो कमाइ गरेको थियो । दोस्रो दिनबाट यसको बिजनेसमा भारी गिरावट देखाएको छ । फिल्मको पहिलो हप्ताको बिजनेस १ सय ३४ करोडको आसपास थियो । फिल्मले ५ करोड ४० लाख रुपैयाँ कमाउन सफल भएको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?