‘सुश्री सम्पत्ति’ ले एकसाथ सार्वजनिक गर्‍यो तीन पोस्टर

काठमाडौं । आउँदो मंसिर २८ गतेलाई रिलिज मिति तोकेको चलचित्र ‘सुश्री सम्पत्ति’ ले एकसाथ तीन पोस्टर सार्वजनिक गरेको छ । सार्वजनिक गरिएका पोस्टरमा फिल्मका मुख्य कलाकार सलोन बस्नेत, सारा सिर्पाली र विनोद न्यौपानेलाई देख्न सकिन्छ ।

चलचित्रको कथा पनि यी तीन पात्रको वरिपरि घुम्छ । निर्माण टिमले फिल्मको ट्रेलर पनि यसै साता रिलिज गर्ने जनाएको छ ।

लामो समयदेखि रंग पत्रकारिता गर्दै आएका सुब्रतराज आचार्यले निर्देशन गरेको यो फिल्ममा सलोन, विनोद र सारासँगै राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ भने प्रियंका कार्की विशेष भूमिकामा भएको निर्माण टिमले बताएको छ । फिल्मका प्रस्तुतकर्ता रमेश त्वायना रहेका छन् भने फिल्मको कथा निर्देशक आचार्यले लेखेका छन् । फिल्मको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् । अभिमन्यू निरवी र निर्देशक आचार्यको डाइलग रहेको फिल्मको स्क्रिनप्ले अभिमन्यूकै रहेको छ । फिल्मलाई उपत्यकामा बिके फिल्मसका गोपालकाजी कायस्थ र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ । फिल्मलाई भरत रेग्मीले सम्पादन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?