सामुदायिक लघुवित्तको अार्इपीअोमा २६ गुणा बढी अावेदन

काठमाडौं : काभ्रेको साँगामा केन्द्रीय कार्यालय रहेको सामुदायिक लघुवित्त वित्तीय संस्थाले जारी गरेको अार्इपीअोमा दोस्रो दिनमै ७१ करोड ५० लाख ५० हजार रूपयाँ बराबरको अावेदन परेको छ। यो लघुवित्तले अार्इतबारदेखि ३ करोड रूपैयाँ बराबरको ३ लाख कित्ता अार्इपीअो जारी गरेको छ । 

बिक्री प्रबन्धक नेपाल एसबीअार्इ मर्चेन्ट बैंकिङले दिएको जानकारी अनुसार सोमबार साँझसम्ममा १ लाख ९ हजार ६८६ जनाले ७१ लाख ५० हजार ५०० कित्ताका लागि शेयर अावेदन दिएका छन् । यो अावेदन मागभन्दा २६.१९ गुणाले बढी हो ।

गत माघमा नै यो लघुवित्तले आर्इपीओ बिक्रीका लागि आब्हानपत्र सार्वजनिक गरेपनि शेयर निष्काशन गर्न पाएको थिएन । झन्डै २ करोड ५० लाख रूपैयाँ घोटाला भएको ठहरसहित केन्द्रीय अनुसन्धान ब्युरो (सीआर्इबी) ले संस्थाका ४ जना पदाधिकारीहरूलार्इ पक्राउ समेत गरेको थियो । 

आवश्यक प्रकृया पुरा गरेपछि नेपाल राष्ट्र बैंकले यो लघुवित्तलार्इ आर्इपीओ निष्काशनको अनुमति दिएको हो । सामुदायिकले जारी गरेको ३ लाख कित्ता आर्इपीओमध्ये सर्वसाधारण लगानीकर्ताले २ लाख ७३ हजार कित्ताका लागि मात्र आवेदन दिन पाउनेछन् । बाँकीमध्ये १२ हजार कित्ता संस्थाका कर्मचारी र १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ ।

यो लघुवित्तको आर्इपीओमा लगानीकर्ताले न्यूनतम पचास र अधिकतम १५ सय कित्ताका लागि आवेदन दिन सक्नेछन् । यो संस्थाको चुक्तापूँजी ७ करोड रूपैयाँ रहेको छ । आर्इपीओ निष्काशनपछि यसको आकार १० करोड रूपैयाँ पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?