नेदरल्याण्ड्स नेसन्स लिग फुटबलको सेमिफाइनलमा

एजेन्सी । नेदरल्याण्ड्स जारी ‘युइएफए’ नेसन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । 

सोमवार राति सम्पन्न भएको खेलमा जर्मनीलाई २-२ गोलको बराबरीमा रोकेपनि नेदरल्याण्ड्सले अन्तिम चारको स्थान तय गरेको हो । 

खेल शुरु भएको ९ मिनेट पनि बित्न नपाउँदै जर्मनीका लागि टिमो वार्नरले पहिलो गोल गर्दै टिमलाई शुरुवाती अग्रता दिलाए । त्यस्तै १९ औँ मिनेटमा सानेले गोल गर्दै खेललाई दोब्बर अग्रता दिलाए।

खेलको पहिलो हाफसम्म २-० गोल अन्तरले अगाडि रहेको जर्मनीले दोस्रो हाफमा भने अग्रतालाई जोगाउन सकेन । नेदरल्याण्ड्सका लागि खेलको ८५ औँ मिनेटमा क्विन्सी प्रमिसले गोल गर्दै खेललाई २-१ को स्थितीमा ल्याए ।

प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेल सकिन ५ मिनेट बाँकी छदा भर्जिल भान डिजिकले गोल गर्दै खेलमा नाटकिय रुपमा जित हात पा-यो । बराबरीपछि जर्मनी भने रेलिगेसनमा परेको छ । 
समूह ‘ए’ मा रहेको विश्व विजेता फ्रान्सलाइए पछाडि पार्दै नेदरल्याण्ड्स समूह विजेतको रुपमा अघिल्लो चरणमा पुगेको हो । 

नेदरल्याण्डसँगै यसअघि इंग्ल्याण्ड, पोर्चुगल र स्विट्जरल्याण्डले पनि सेमिफाइनलको यात्रा तय गरिसकेको छ । 

त्यस्तै, सोमवार राति नै भएको अर्को खेलमा भने नर्वेले साइप्रसलाई २-० गोल अन्तरले पराजित गरेको छ । नर्वेको जीतमा कामराले खेलको ३६ औँ र ४८ औँ मिनेटमा दुई गोल गरेका थिए ।

खेलको ८० औँ मिनेटमा सेलिस रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि साइप्रस १० खेलाडीमा सिमित भएको थियो । त्यस्तै ९० औँ मिनेटमा नर्वेका इल्यौनौसी पनि दोहारो पहेलो कार्ड खादै मैदानबाट बाहिरिएका थिए ।

यता लातभिया र एन्डोराबीचको खेल भने गोल रहित बराबरीमा सकिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?