विश्वकप फुटबलमा आज दुई खेल हुँदै

लोकपथ
280
Shares

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज सोमबार राउण्ड अफ १६ अन्तर्गतका दुई खेलहरु हुँदैछन् ।

पहिलो खेलमा जापान र क्रोएसिया भिड्दै छन् । अल जानुब स्टेडियममा हुने जापान र क्रोएसियाबीचको खेल नेपाली समय अनुसार राति ८:४५ बजे शुरु हुनेछ ।

जापान समूह ‘ई’ बाट विजेता र क्रोएसिया समूह ‘एफ’ बाट उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

त्यस्तै, अर्को खेलमा ब्राजिल र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुनेछ । स्टेडियम ९७४ मा हुने ब्राजिल र दक्षिण कोरियाबीचको खेल राति १२:४५ बजे शुरु हुनेछ ।

ब्राजिल समूह ‘जी’ को विजेता र दक्षिण कोरिया समूह ‘एच’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?