उपदान दिने बजेट सकियो, अवकाश लिने कर्मचारी बढेको-बढ्यै !

काठमान्डौ : अवकास लिने कर्मचारीलार्इ उपदान दिन छुटृ्यार्इएको बजेट सकिएपनि जागीर छाड्ने कर्मचारीको संख्या दिनानुदिन बढिरहेको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । 

सोमबार शिंहदरबारमा बसेको अर्थसमितिको बैठकमा सचिव दिनेशकुमार थपलियाले दिनहुँ ३-४ जनाले अवकाशका लागि निवेदन दिर्इरहेको बताएका छन् । कर्मचारीलार्इ उपदान दिनका लागि छुट्यार्इएको बजेट समेत कम भएको उनले बताए । 

अवकाश लिने सरकारी कर्मचारीलार्इ दिन छुट्यार्इएको बजेट लगभग सकिर्इसकेको मन्त्रालयले जानकारी दिएको छ । कार्यसम्पादनमा निरन्तरको हस्तक्षेप र न्यून तलबमानका कारण पछिल्लो पटक सरकारी जागिर छाड्ने कर्मचारीको संख्या बढिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?