माथिल्लो तामाकोशीको अार्इपीअो शुक्रबार बाँडफाँट हुने

काठमाडाैं : माथिल्लो तामाकोशी जलविधुत अायोजनाले निष्काशन गरेको अार्इपीअो अाउँदो शुक्रबार बाँडफाँट गरिने भएको छ । 

बिक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार अायोजनाप्रभावित स्थानीयले सर्वसाधारणका लागि निष्काशन गरेको अार्इपीअोमा समेत दोहो-याएर अावेदन दिएपछि अहिले सो तथ्यांक प्रशोधन गर्ने काम भर्इरहेको छ । एकै व्यक्तिले दुर्इपटक हालेको अावेदन रद्द गर्नेगरि कोषले काम अघि बढार्इरहेको जानकारी दिएको छ । 

तामाकोशीले कात्तिक १५ गतेदेखि कूल पूँजीको १५% हुने अाउने १ अर्ब ५८ करोड रूपैयाँ बराबरको साधारण शेयर अाबेदन खुला गरेको थियो । सर्वसाधारण लगानीकर्ताले ६ अर्ब ७० करोड ५८ लाख २८ हजार रूपैयाँबराबरको शेयरका लागि अावेदन दिएका छन् । 

कम्पनीले न्यूनतम ५० कित्ता र अधिकतम एक हजार कित्तासम्म आवेदन गर्न पाउने व्यवस्था गरेको थियो । बढी कित्ता आवेदन गर्नेले न्यूनतम ४५ कित्तासम्म शेयर पाउन सक्ने देखिन्छ । कम्पनीले आगामी दुई साताभित्र शेयर बाँडफाँड गर्ने तयारी गरेको छ ।

कम्पनीले दोलखाको लामाबगरमा ४५६ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । आयोजनाको हाल ९७ प्रतिशत भौतिक प्रगति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?