मैत्रीपूर्ण खेलमा कतारले आइसल्यान्डसँग बराबरी खेल्यो

एजेन्सी । आइसल्याण्डविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा कतार विजयी भएको छ ।

 सोमवार राती भएको खेलमा सन् २०२२ को विश्वकप आयोजक राष्ट्र कतारले मैत्रीपूर्ण खेलमा आइसल्याण्डसँग २-२ गोलको बराबरी खेलेको हो । 

खेल शुरु भएको तीन मिनेटमा नै कतारका लाथि हसल अल हाइडोजले पहिलो गोल गर्दै टिमलाई शुरुवाती अग्रता दिलाए । शुरुवाती समयमा आइसल्याण्ड दवावमा आएपनि खेलको २९ औँ मिनेटमा बराबरी गोल फर्कायो ।

एरिले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफसम्म दुवै टिम एक-एक गोलको बराबरीमा रोकिएका थिए । दोस्रो हाफमा आइसल्याण्डले खेलमा अग्रता लियो ।

५६ औँ मिनेटमा कोल्विनले पेनाल्टीमार्फत गोल गर्दै खेललाई २-१ को स्थितीमा पु-याए । आक्रामक रुपमा खेल खेलेको कतारका लागि ६८ औँ मिनेटमा बोउलेमले गोल गर्दै खेललाई २-२ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलमा थप गोल भएन र खेल २-२ गोलको बराबरीमा सकियो । गत वर्ष भएको मैत्रीपूर्ण भेटमा भने कतार र आइसल्याण्डले एक-एक गोलको बराबरी खेलेको थियो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?