नेशन्स लिग फुटबल : डेनमार्क र आयरल्याण्डबीचको खेल गोलरहित बराबरीमा

एजेन्सी । ‘युइएफए’ नेशन्स लिग फुटबल अन्तर्गत डेनमार्कले रिपलिब्लक अफ आयरल्याण्डसँग गोल रहित बराबरीमा रोकिएको छ ।

सोमवार राति सम्पन्न भएको खेलमा डेनमार्कले रिपलिब्लक अफ आयरल्याण्डसँग बराबरी खेल्दै समान १-१ बाडेका छन् । बराबरीपछि समूह ‘एच’मा रहेको डेनमार्क ८ अंकका साथ समूहको शिर्ष स्थानमा छ ।

खेलको पहिलो र निर्धारित समयसम्म दुवै टिमले केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन र खेल गोल रहित बराबरीमा सकियो । ६ अंकका साथ वेल्स दोस्रो स्थानमा छ भने रिपब्लिक अफ आयरल्याण्ड अन्तिम स्थानमा छ । 

त्यस्तै सोमवार राति नै भएको खेलमा चेक रिपब्लकले स्लोभाकियालाई १-० गोल अन्तरले हरायो । चेक रिपब्लिकका लागि खेलको ३२ औँ मिनेटमा सेहिकले गरेको एक मात्र गोल नै निर्णायक बनेको थियो । 

यता जर्जियाले काजकिस्तानलाई २-१ गोल अन्तरले हरायो । बुल्गेरी र स्लोभेनियाबिचको खेल भने एक-एक गोलको बराबरीमा सकिएको छ ।                                                                                                                                                        

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?