सानीमा बैंकको ऋणपत्रमा लगानीकर्ताले रूची देखाएनन्, समय थपियो

काठमाडाैं ः सानीमा बैंकले सर्वसाधारणका लागि निष्काशन गरेको ऋणपत्र (डिबेञ्चरमा) निकै कम अावेदन परेपछि बिक्री समय थप गरेको छ । 

बैंकले कात्तिक ३० गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १ हजार रूपैयाँ दरको ३८ करोड रूपैयाँ बराबरको ऋणपत्र निष्काशन गरेको थियो । तर सोमबार बेलुकीसम्ममा जम्माजम्मी ७ करोड २५ लाख रूपैयाँको अावेदन परेको बिक्री प्रबन्धक काठमाडाैं क्यापिटल मार्केटले जानकारी दिएको छ । 

सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएकोमध्ये ३० करोड ७५ लाख रूपैयाँ बराबरको ३ लाख ७ हजार ५ सय कित्ता ऋणपत्र बिक्न नसकेपछि अब बैंकले बिक्री अवधि लम्ब्याउनेछ । न्यून कर्जा जोखिम जनाउने ‘इक्राएनपी एल ए माइनस’ रेटिङ्ग पाएपनि सानिमाको डिबेञ्चरमा लगानीकर्ताले रूची नदेखाएका हुन् । सानिमाले कात्तिक ३० गतेदेखि मंसिर ४ गतेसम्मको अवधि दिएर ऋणपत्रमा अावेदन खुलाएको थियो । 

सानीमाको यो ऋणपत्रमा लगानीकर्ताले २५ देखि अधिकतम ३ लाख ८० हजार कित्ता अर्थात ३८ करोड रूपैयाँसम्मको अावेदन दिन सक्ने व्यवस्था छ । बार्षिक १० प्रतिशतका दरले अर्धबार्षिक ब्याज भुक्तानी गर्ने सानीमाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?