विश्वकप नकआउट : जापानले क्रोएसियालाई रोक्न सक्ला ?

लोकपथ
91
Shares

काठमाडौं । कतार विश्वकपको राउण्ड अफ १६ अन्तर्गतको पहिलो खेलमा आज जापान र क्रोएसिया भिड्दै छन् । अल जानुब स्टेडियममा जापान र क्रोएसियाबीच हुने खेल नेपाली समय अनुसार राति ८:४५ बजे शुरु हुनेछ ।

क्रोएसिया जापानलाई हराउँदै क्वाटरफाइनलमा पुग्न चाहान्छ । यता, जापान पनि क्रोएसियालाई हराउदै अन्तिम ८ मा पुग्ने लक्ष्यमा मैदान उत्रदैँ छ ।

Croatia vs Japan LIVE: Tireless Luka Modric leading by example as Croatia  faces Japan

हेड टु हेड :

जापान र क्रोएसियाको अहिलेसम्म तीन पटक भेट भएको छ । भएको ३ भेटमा जापान र क्रोएसियाले समान १र१ खेल जितेका छन् भने एक खेल बराबरीमा सकिएको छ ।

सुरुआती-११

जापान : शुइची गोन्डा, ताकेहिरो तोमियास, माया योशिदा, शोगो थानिगुची, युटो नागातोमो, जुन्या इटो, वाटरु इन्डो, हिडेसामा मोरिटा, ताकेफुसा कुबो, दाइची कामदा, ताकुमा असानो

क्रोएसिया : डोमिनिक लिभाकोभिच, जोसिप जुरानोभिच, डेजेन लोभ्रेन, जोस्को, ब्रोनो सोसा, लुका मोड्रिच, मार्सेलो ब्रोजोभिच, माटियो कोभासिच, आन्द्रेज क्रमारीच,इभान पेरिसिच, मार्को लिभाजा

प्लेयर्स टु वाच :

जापानविरुद्ध क्रोएसिया : म्याच प्रिभ्यु

जापान : ताकेफुसा कुबो
क्रोएसिया :  लुका मोड्रिच

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?