‘बालोन डी ओर’ अवार्ड नजिते पनि केही फरक पर्दैन : एमबाप्पे

एजेन्सी । केलियन एमबाप्पे, फ्रान्सेली टिमका भरपर्दा खेलाडी । 

रसिया विश्वकप फुटबलबाट एका एक चर्चामा आएका उनले ‘बालोन डी ओर’ अवार्ड फ्रान्सेली खेलाडीले नै जित्नुपर्ने बताएका छन् । गत वर्ष मात्रै राष्ट्रिय टिममा डेब्यु गरेका उनले हालसम्म २७ खेल खेल्दै १० गोल गरिसकेका छन् ।

यसैवर्ष विश्वकप फुटबलको फाइनलमा खेलमा फ्रान्सले क्रोशियालाई पराजित गर्दै उपाधि जितेको थियो । १९ वर्षे युवा फर्वाड एमबाप्पे पनि यो अवार्डमा दावेदार खेलाडी हुन् ।

उनीसँगै समान पाँच पटकका अवार्ड विजेता अर्जेन्टिनी लियोनेल मेस्सी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोलाई पनि दावेदारी खेलाडीको रुपमा हेरिएको छ । तर, यी दुवै खेलाडीको किर्तीमान तोड्न सक्ने खेल विश्लेषकहरुको अनुमान रहेको छ । 

उनले भने, ‘बालोन डी ओरको अवार्ड पाए म अत्यन्तै खुशी हुनेछु, अवार्ड जित्न सकेन भने पनि केही फरक पर्दैन’

‘यो अवार्डका लागि नोमिनेशनमा परेका सबै खेलाडी दावेदार हुन्, मेरो विचारमा यो वर्ष यो अवार्ड फ्रान्सका खेलाडी नै जित्छन्’ उनले भने । 

विश्वकप फुटबलमा युवा खेलाडीको उपाधि जितेका एमबाप्पेले अहिले नै अवार्ड कस्ले जित्न सक्छ भन्न कठिन रहेको समेत बताए । 

यता क्रोशियाका कप्तान कुला मोड्रिचलाई यो अवार्डको दावेदार खेलाडीको रुपमा हेरिएको छ । फिफा सर्वोत्कृष्ट खेलाडीको अवार्ड समेत जितेका माड्रिचले भने एमबाप्पे यो अवार्डको दावेदार खेलाडी नभएको जानकारी दिएका छन् । 

साथै, इंग्लिस क्लब चेल्सी तथा बेल्जियनका इडेन हाजार्डले एमबाप्पेको अवार्ड जित्ने सम्भावना न्युन रहेको बताए । अवार्ड कार्यक्रम आगामी डिसेम्बर ३ तारिखमा पेरिसमा हुनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?