पञ्चासेमा १० अर्बको केबलकार बनार्इँदै, स्थानीयलार्इ ३ अर्बको शेयर

काठमाडाैं ः पञ्चासे टुर्स एण्ड ट्राभल र अारकेडी रियल स्टेट कम्पनीले कास्की, स्याङ्जा र पर्वतको संगमस्थल पञ्चासेमा १० अर्ब रूपैयाँ लागतको केवलकार बनाउने घोषणा गरेको छ । 

स्थानीयलार्इ ३ अर्ब रूपैयाँको शेयर दिनेगरि पञ्चासेलार्इ महत्वपूर्ण पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न यी दुर्इ कम्पनीले केबलकार बनाउने योजना सार्वजनिक गरेका हुन् ।

केबलकारसहित पञ्चासे क्षेत्रलार्इ अाकर्षक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न बृहद गुरूयोजनाअनुसार पर्यटकीय पूर्वाधार बनाउने लगानीकर्ताको दाबी छ । 

पञ्चासे कास्कीको पोखराबाट सबैभन्दा नजिकमा रहेको पर्यटकीय गन्तव्य हो । यो गन्तव्यलार्इ थप अाकर्षक बनाउन जनतासँग छरिएर रहेको पूँजीलार्इ संकलन गर्ने र पर्यटनमार्फत मध्यमबर्गीय जनताको जीवनस्तर उकास्ने लक्ष्य रहेको परियोजनाका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । परियोजना विकासकर्ताले तीन जिल्लाका बासिन्दाका साथै विभिन्न क्षेत्रका पेशाकर्मीहरूलार्इ पनि शेयर बिक्री गर्ने जनाएको छ ।

पोखराको घाँटीछिनामा तल्लो स्टेशन रहने प्रस्तावित पञ्चासे केवलकारको लम्बार्इ ८.७ किलोमिटर रहने विकासकर्ताको दाबी छ । यो केबलकारमा एक पटकमा २ हजार ४०० यात्रु अटाउने बतार्इएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?