सिटिजन्स बैंकले २ अर्ब ५० करोडको बण्ड जारी गर्ने

काठमाण्डौ : सिटिजन्स बैंक र्इन्टरनेशनले २ अर्ब ५० करोड रूपैयाँको 'सिटिजन्स बैंक बण्ड २०८५' जारी गर्ने भएको छ । 

मंसिर २ गतेदेखि १ हजार रूपैयाँ अंकित मूल्य दरका २५ लाख कित्ता बण्ड जारी गर्नका लागि बेंकले ग्लोबल अार्इएमर्इ क्यापिटल लिमिटेडलार्इ धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । 

बण्डमध्ये ८०% व्यक्तिगत र २०% सर्वसाधारण लगानीकर्ताका लागि छुट्यार्इएक बैंकले जानकारी दिएको छ । पूँजीबजार नियामक नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएपछि बैंकले बण्डमा अावेदन खुला गर्नेछ ।

बण्ड निष्काशनका लागि सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारी र ग्लोबल आइएमई क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकालले सम्झाैतापत्रमा हस्ताक्षर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?