विधुत प्राधिकरणले महशुल नतिर्ने उद्योगको लार्इन काट्न थाल्यो

काठमाडाैं : नेपाल विधुत प्राधिकरणले समयमै विधुत महशुल नतिर्ने उद्योगको लार्इन काट्न शुरू गरेको छ । उपभोग गरेको बिजुलीको रकम नै नतिरेपछि प्राधिकरणको पुल्चोक वितरण केन्द्रले २८ जना ग्राहकको लार्इन काटिदिएको छ ।

यीमध्ये ६ जना ग्राहकले ८ लाख ३४ हजार ६ सय ६५ रूपैयाँ तिरेर फेरि बिजुलीको लार्इन जोडेका छन् । यो रकम बिजुलीको लार्इन काट्न थालेपछि एकैदिन उठेको प्राधिकरणले जानकारी दिएको छ । 

ललितपुरको बालकुमारी प्लास्टिक उद्योगले एक लाख ९३ हजार ४५० रुपैयाँ, कोका न्यु बिल्डिङ म्याटेरियल्सले ४९ हजार रुपैयाँ, अपाङ्ग सेवा संघले ५५ हजार ८६० रुपैयाँ र फर्मा प्याक प्रालीले ५ लाख १९ हजार १०५ रुपैयाँ बक्यौंता तिरेका छन् ।

एक लाख १३ हजार रुपैयाँ बक्यौंता नतिरेको पिंक साल्ट प्राली, ४० हजार रुपैयाँ बक्यौंता नतिरेको एमजी हाउजिङको पनि प्राधिकरणको टोलीले लाइन काटिदिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?