नाडेपले मंसिर २३ गतेदेखि शतप्रतिशत हकप्रद शेयर बेच्ने

काठमाडौंः नाडेप लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयरधनीका लागि मंसिर २३ गतेदेखि १००% हकप्रद शेयर बिक्री खुला गर्ने भएको छ । 

१ः१ अनुपातमा यो मार्इक्रोफार्इनान्सले १६ लाख कित्ता हकप्रद शेयर बेच्न लागेको हो । मंसिर ६ गतेसम्म यो लघुवित्तको शेयरधनी बन्ने शेयरधनीले हकप्रदमा अावेदन दिन पाउने भएका छन् । 

हकप्रद शेयर जारी गर्न नाडेपले नबिल इन्भेष्टमेन्ट बैंकिङ लार्इ बिक्री प्रबन्धक तोकेको छ । यो संस्थाका शेयरधनीहरूले बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङको कार्यालय नक्साल, काठमाडौं तथा नाडेपको केन्द्रीय कार्यालय गजुरी धादिङ र यसका सम्पूर्ण शाखाबाट आवेदन दिन सक्ने लघुुवित्तले जानकारी दिएको छ । यसैगरी, सी–आस्वामा सहभागी सबै बैंक तथा वित्तीय संस्थाबाट पनि नाडेपको हकप्रद शेयर भर्न सकिन्छ । 

गत असार १० देखि १३ गतेसम्म नाडेपले ४ लाख ८० हजार कित्ता अार्इपीअो समेत बेचेको थियो । हाल यो लघुवित्तको चुक्तापूँजी १६ करोड रूपैयाँ पुगेको छ । हकप्रद बिक्रीपछि नाडेपको चुक्ता पूँजी ३२ करोड रूपैयाँ पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?