प्रबन्धक र लेखापालले ३ करोड घोटाला गरे

रौतहट । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका ५ स्थित माउन्ट एभरेस्ट आवासीय माध्यमिक विद्यालयका प्रबन्धक उमेश प्रसाद बास्कोटा र लेखापाल अनन्त कुमार चौधरीले ३ करोडभन्दा बढी रकम हिनामिना गरेको खुलेको छ ।

विद्यालयका लेखा समिति संयोजक प्रेम शंकर मिश्राले जारी गरेको प्रतिवेदनका अनुसार प्रबन्धक बास्कोटा र लेखापाल चौधरीले आर्थिक वर्ष २०६७।०६८ देखि ०७४।०७५ सम्मको माउन्ट एभरेस्ट आवासीय माध्यमिक विद्यालय तथा माउण्ट एभरेस्ट एजुकेशन फाउंडेशन प्रा लिको आर्थिक कोषको जिम्मेवारी लिएर ३ करोड़ १२ लाख २८ हजार ३ सय ८२ रुपैयाँ अनियमिता गरेको ठहर गरेको छ ।

प्रवन्धक बास्कोटाले विद्यालयको ७ कठा ४ धुर जग्गा आफ्नो नाममा गराई मेगा बैंक सर्लाही शाखाबाट रोक्का गराएकोमा सिघ्र फुकुवा गराई विद्यालयको नाममा नामसारी गराउनु पर्ने बैठकबाट निर्णय भएको प्रतिबेदनमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?