अभिनेता विपिन कार्की दुर्घटनामा परे

काठमाडौं । फिल्म ‘जात्रै जात्रा’ को शूटिङमा रहेका अभिनेता विपिन कार्की दुर्घटनामा परेका छन् । निर्देशक प्रदीप भट्टराईका अनुसार फिल्मको छायांकनमा जाँदै गर्रदा आज (मंगलवार) आठ बजेतिर विपिन कालीमाटीमा दुर्घटनामा परेका हुन् ।

निर्देशकका अनुसार अहिले विपिनको बयोधा अस्पतालमा उपचार भइरहेको छ । उनकव् खुट्टामा चोट लागेको बताइएको छ ।

ठक्कर दिने मोटरसाइकल चालक भने फरार भएको र प्रहरीलाई खबर गरिएको निर्देशक भट्टराईले जानकारी गराए ।

कार्की अभिनित फिल्म ‘प्रसाद’ आउँदो मसिंर २१ गतेदेखि प्रदर्शन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?