सरकारी बकिल अख्तियारको फन्दामा

बुटवल । अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय बुटवलले जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीबाट जिल्ला न्यायधिवक्ता कोषहरी निरौलालाई मंगलवार सेवाग्राही संग घुस लिदै गर्दा पक्राउ गरेको छ ।

मंगलवार विहान ११ बजे सरकारी वकिलको कार्यालयमा सेवा ग्राही संग घुस लिदै गर्दा नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय वुटवलले जानकारी दिएका छन् । 

उनले  ८० हजार रुपैया घुस लिएर कार्यकक्षमा नै गनिरहेको बेलामा सेवाग्राहीको सुचनाका आधारमा पुगेका अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय बुटवलको टोलिले पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय बुटवलले अनुसन्धान भैरहेकाले थप जानकारी दिन नमिल्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?