लागूऔषध कारोवारमा संलग्न भरियाको बाटो खर्च ५० हजार

काठमाडौं । यही आइतवार साँझ कोटेश्वर जडिबुटीबाट कटुवा पेस्तोल सहित पक्राउ परेका दुई ब्यक्ति लागूऔंषध ओसारपसारका लागि अन्तराष्टिय गिरोहको भरिया भएको पाइएको छ । 

महानगरीय प्रहरी परिसर काठमाडौं र नयाँबानेश्वर प्रहरी बृत्त विशेष सुराकीका आधारमा मोटरसाइकल चढेर सर्लाहीबाट काठमाडौं आउदै गरेका उनीहरुलाई पक्राउ गर्न सफल भएको थियो । 

ज ११ प ४८६६ नम्वरको मोटरसाइकल प्रयोग गरी झोलाभित्र लागूऔषध बोकेर काठमाडौं आउदै गरेका सर्लाही लालवन्दीका २७ वर्षीय मनपुरण चौधरी र भुवन परियार पक्राउ परेका हुन । एक ब्यक्तिले औषधिको पोको काठमाडौंसम्म पुर्याइ दिए वाफत ५० हजार बाटो खर्च दिन्छु भनेपछि उनीहरुले आफू मोटरसाइकल चढेर काठमाडौं आएको बयान दिएका हुन । 

प्रहरीले उनीहरुको साथबाट एकथान कुटवा पेस्तोल र सोको गोली समेत बरामद गरेको छ । तर, अयिभुक्तहरुले पेस्तोलको वारेमा भने अनविज्ञता जनाए । औषधि त हामीले बोकेर ल्याएका हौं । तर, हतियार कसरी फेला पर्यो थाह भएन । उनीहरुले मधेस तराईदेखि काठमाडौंसम्म लागूऔषध पुर्याउन भरियाको काम गर्ने गरेका बताएका छन् ।

तर, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र वोगटीका अनुसार, अभियुक्तहरुले लागूऔषध सहित हतियार समेत बोकेर आएका थिए । 

सोही सूचनाका आधारमा उनीहरु पक्राउ परेका हुन । नेपालको सीमा पारि भारतबाट लागूऔषध बोकेर सर्लाहीसम्म एउटा समूह र सर्लाहीबाट काठमाडौंसम्म लागूऔषध पुर्याउने काम यिनीहरुले गर्दै आएको भनाई प्रहरीको छ । 

पक्राउ अभियुक्त विरुद्ध हातहतियार खरखजना तथा लागूऔषध ओसारपसार अन्तरगत मुद्धा चलाउने गरी अनुसन्धान भइरहेको जानकारी महानगरीय प्रहरी बृत्त नयाँबानेश्वरले दिएको छ । उनीहरुको साथबाट नाइटोभेट ट्यावलेट ८४० थान बरामद भएको छ । 

मधेस तराईबाट लागूऔषध बोकेर काठमाडौं आउनेहरुले प्रहरीको आँखा छल्न, सामान्य हाउभाउ देखाउने, मोटरसाइकल तथा स्कारपियो गाडी प्रयोग गर्ने, थोरै परिमाणको लागूऔषध भएमा सार्वजनिक यातायातका साधनहरु प्रयोग गर्ने गरेको पाइएको छ । 

लागूऔषध ओसारपसारमा नेपाल र भारतमा सक्रिय अन्तराष्टिय गिरोहको नै संलग्नता रहेको अनुमान गरिएको परिसरका प्रवक्ता वोगटीले बताएका हुन । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?