अमिताभ बच्चनले तिरिदिए किसानको चार करोड ऋण

मुम्बई । बलिउडका बिग बी अमिताभ बच्चनले ३ सय ५० जनाभन्दा धेरै किसानको ऋण तिरिदिएका छन् । बच्चनले भारतको उत्तर प्रदेशको किसानको ऋण तिरिदिएका हुन् ।

रिपोर्टका अनुसार अमिताभले उत्तर प्रदेशका एक हजार ३ सय ९८ किसानको ऋण तिरेको भारतीय मिडियाले लेखेका छन् । उनले झण्डै चार करोड बराबरको ऋण चुक्ता गरेका हुन् । यसका लागि उनले बैंक अफ इन्डियासँग वान टाइम सेटलमेन्ट प्लानको डिल गरेर सबै ऋण चुकाउने फैसला गरेका हुन् ।

अमिताभले ७० किसानलाई मुम्बईस्थित बैंक आएर आफ्नो भुक्तानको पत्र लिन पनि आमन्त्रण गरेका छन् । २६ नोभेम्बरमा अमिताभले किसानलाई एक इभेन्ट गरेर भुक्तानको पत्र दिँदैछन् । साथै अमिताभले किसानलाई आउनका लागि रेलको कम्पार्टमेन्ट पनि बुक गरेका छन् । ताकि, सबै किसान आरामले मुम्बई आउन सकून् ।

यसअघि पनि अमिताभले महाराष्ट्रका ३ सय ५० किसानको ऋण तिरेका थिए । साथै उनले सेनाका जवान परिवारलाई पनि आर्थिक सहायता गरेका थिए ।

अमिताभ अभिनित फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ भने फ्लप भएको थियो । भारतमा उनी पछिल्लो समय ‘कौन बनेगा करोडपति’ का कारण पनि उत्तिकै लोकप्रिय छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?