विपिन कार्की घाइते हुँदा तीन फिल्म प्रभावित

काठमाडौं । अभिनेता विपिन कार्की एकाबिहानै एक्कासी दुर्घटनामा परे । काठमाडौंको कालीमाटीमा मोटरसाइकल रोकिराखेको अवस्थामा उनलाई एक मोटरसाइकलले ठक्कर दिँदा खुट्टामा चोट लागेको छ भने अहिले उनको बयोधा अस्पताल, बल्खुमा उपचार भइरहेको छ ।

खुट्टामा चोट देखिएपछि उनले अब केही हप्ता आराम गर्नुपर्ने भएको छ ।

चलचित्र ‘जात्रैजात्रा’ को छायांकनमा जाँदै गर्दा दुर्घटनामा परेका विपिन घाइते भएपछि फागुन १७ गते रिलिज मिति तोकेको यो फिल्मको छायांकन समेत प्रभावित हुने भएको छ ।

यस्तै उनी यतिबेला आउँदो मंसिर २१ गते प्रदर्शन हुने चलचित्र ‘प्रसाद’ को प्रचारमा पनि उत्तिकै व्यस्त थिए । हिजो (सोमबार) मात्र उनी प्रचारात्मक कार्यक्रममा सहभागी भएर फिल्मको छायांकनमा पुगेका थिए । विपिनले आराम गर्नुपर्ने भएपछि प्रचारमा पनि प्रभाव पर्ने भएको छ । यस्तै फिल्म ‘गोपी’ पनि माघ १८ मा रिलिज हुँदैछ । निर्देशक दीपेन्द्र लामाका अनुसार यही हप्ता फिल्मको गीत

सार्वजनिक कार्यक्रम थियो । विपिन घाइते हुँदा उक्त फिल्मलाई पनि प्रभाव पर्ने देखिन्छ । किनकि, ‘गोपी’ मा सुरक्षा पन्त र वर्षा राउतसँगै विपिन मुख्य भूमिकामा छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?