नेपाली खेलाडीको छवि विश्वस्तरमा फैलाउन प्रतियोगिता गर्न लागेका हौँ : शिव लामिछाने विक

काठमाडौं । नेपाल नेप्जिल फेडेरेसन अफ बडी बिल्डिङ एण्ड फिटनेस संघका अध्यक्ष शिव लामिछाने विकले आठै देशका खेलाडीहरुलाई एकै ठाउँमा प्रतिस्पर्धा गराउन लागेको बताएका छन् । 

अध्यक्ष विकले मंगलवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताबारे यस्तो धारणा राखेका हुन् । उनले प्रतियोगितालाई सफलतापुर्वक सम्पन्न गर्न मुल आयोजक कमिटीको पनि गठन गरिसकेको जानकारी दिए ।

‘नेपाल भित्र मात्रै केन्द्रित भएका प्रतिभावान नेपाली खेलाडीहरुलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन र पु-याउन पहिलो दक्षिण एशियाली शारीरिक शुगठन प्रतियोगिताको आयोजना गरेको हौँ, खेलाडीहरुले अन्तर्राष्ट्रिय पहिचान र लोकप्रियता प्राप्त गर्नुका साथै अवसर पनि पाउनेछन्’ उनले लोकपथलाई भने ।

साथै अध्यक्ष विकले यो प्रतियोगिताको माध्यमबाट नै विदेशी खेलाडीहरुलाई नेपालका विशेष स्थान र ठाउँको बारेमा परिचय र पहिचान गराउने पनि बताए । ‘नेपाल र नेपालीको छवी विश्वस्तरमा फैलाउन यो प्रतियोगिता आयोजना गरेका हौँ’ उनले थपे । 

यता संघका महासचिव लोकेन्द्र परिवारले नेपालमा अहिलेपनि बडि बिल्डीङ ग्रास लेभलमा नै रहेको जानकारी दिए । 

उनले भने, ‘नेपालमा अहिले पनि शारीरिक सुगठन खेलको त्यति विकाश भएको छैन, जस्तो विदेशतिर भएको छ, पक्कै पनि यो प्रतियोगिताले नेपाली खेलाडीहरुलाई केही हदसम्म सहयोग गर्नेछ’

परिवारले २० वर्षको हङकङ बसाईका क्रममा शारीरिक सुगठन क्षेत्रमा सिकेका ज्ञानलाई नेपालमा बाड्न आएको समेत बताए । ‘विदेशमा शारीरिक सुगठन गेम्सको चार्म छुट्टै छ, तर नेपालमा भने मैले त्यस्तो देखेको छैन, मै विदेशमा रहँदा सिकेको ज्ञान अब म यहाँका खेलाडीहरुसामु बाड्ने छु’ उनले थपे । 

साथै, उनले २१ जनाको टिमको मात्र यो प्रतियोगिता नभएर सबै नेपालीहरुलाई सहयोग गर्न पनि आग्रह गरे । 

यता संघमा उपाध्यक्ष रबिन्द्र श्रेष्ठले यो प्रतियोगिता सञ्चालन गर्नका लागि राष्ट्रिय खेलकुद परिषद्लाई जानकारी गराइसकेको बताए । 

‘हामीले प्रतियोगिता सञ्चालनका लागि खेलकुद परिषद्सँग पनि आर्थिक सहयोग मागेका छौँ, तर परिषद्बाट त्यस्तो केही सहयोग पाएका छैन, साथै अरु प्रायोजकहरु पनि नभएकाले प्रतियोगिता गर्न अलि गाह्रो भएको छ’ उनले लोकपथलाई बताए । 

‘प्रतियोगिता सम्पन्न गर्न करिव ४२ लाख रुपैयाँ खर्च हुनेछ, प्रायोजक अहिलेसम्म कोही छैन, तर पनि हामी खल्तीबाट पैसा हालेर पनि यो प्रतियोगिता सम्पन्न गछौँ’ उनले भने । 

प्रतियोगिता यहि शुक्रवारबाट शुरु हुने

प्रथम दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगिता शुक्रवारदेखि हुने भएको छ । 

एशियन फेडेरेसन अफ बडि बिल्डिङ एण्ड फिटनेशको आयोजनामा हुन लागेको यो प्रतियोगिताको खेल भृकुटी मण्डपस्थित प्रज्ञा प्रतिस्ठान हुने मंगलवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरि जनाकारी दिइयो ।

यस प्रतियोगिताको प्रतिनीधि संस्था नेपाल नेप्जिल फेडेरेसन अफ बडी बिल्डिङ एण्ड फिटनेसको मंगलवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरि सो जानकारी दिएको हो ।

प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, भुटान श्रीलंका, पाकिस्तान, अफगानिस्तान र माल्दिभ्सका खेलाडीहरु सहभागी हुने पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगितामा १ सय भन्दा खेलाडीहरुको सहभागिता रहने छ ।

‘प्रतियोगितामा अहिलेसम्म ४०, ५० जना अन्तर्राष्ट्रिय खेलाडीहरुले फर्म भरिसकेका छन्, नेपालका सबै बडि बिल्डिङ खेलाडीहरुलाई यस अघि नै हामीले प्रतियोगिताबारे जानकारी गराइसकेका छौँ, नेपाल खेलाडीहरुले फर्म भरिराखेका छन, खेलाडीहरुले २३ तारिखसम्म फर्म भर्न पाउने हामीले व्यवस्था मिलाएका छौँ’, संघका महासविच लोकेन्द्र परिवारले बताए । 

साथै सहभागी हुने खेलाडीले फर्म भर्दा तीन सय ५० डलर (करिव ३५ हजार) नेपाली रुपैयाँ खर्च लाग्ने पनि उनले बताए ।

प्रतियोगितामा पुरुष बडी बिल्डिङ, पुरुष फिजिक्स, महिला फिटनेस र महिला फिजिस्कमा प्रतिस्पर्धा हुने पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो । पुरुष बडी बिल्डिङतर्फ ६० केजी तौल, ६५ केजी, ७० केजी, ७५ केजी, ८० केजी, ८५ केजी तथा ८५ केजी माथि तौल समूहमा प्रतिस्पर्धा हुनेछ । महिला फिटनेस भने खुल्ला तौल समूहको हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?