यी नायिकालाई बहिनी बनाएकोमा अझै पछुतो छ शाहरुखलाई

मुम्बई । रोमान्सका किङ भनिने बलिउड सेलिब्रेटी शाहरुख खानले झण्डै सबै नायिकासँग काम गरिसकेका छन् । माधुरी, रानी, दीपिका, अनुष्का, कटरीना, यी सबै जसका साथ आए, सबैले जादु गरे बलिउडमा ।

तर, शाहरुखलाई अहिलेसम्म एक नायिकासँग जोडी बन्न नपाएकोमा पछुतो लागेको छ । शाहरुखले एक कार्यक्रममा आफूलाई पछुतो लागेको बताएका थिए । यद्यपि ती नायिकासँग शाहरुखले काम गर्दै नगरेका होइनन् । तर, धेरै फिल्ममा एकसाथ देखिएनन् ।

शाहरुख खानले एक अवार्ड समारोहको होस्ट गरिरहेका थिए । जब ऐश्वर्या रायलाई उक्त कार्यक्रममा बोलाइयो । ऐश्वर्याले आफ्नो कुरा राखिन् । त्यसपछि शाहरुखले ऐश्वर्यासँग काम गर्न नपाएको गुनासो गरे ।

शाहरुखले भने, ‘जब ऐश्वर्यासँग पहिलो फिल्म मिल्यो, उक्त फिल्ममा ऐश्वर्या बैनी बनेकी थिइन् ।’

त्यसपछि दर्शकले आफै भन्न थाले कि, शाहरुख र ऐश्वर्या दाजुबैनीझैँ देखिन्छन् । त्यसपछि यी दुईले देवदासमा काम त गरे, तर त्यतिबेला ऐश्वर्या शाहरुखबाट टाढा भइसकेकी थिइन् ।

यी दुईलाई दर्शकले दाजुबैनीकै रुपमा नोटिस गरे ।

ऐश्वर्या र शाहरुख खानले फिल्म ‘मोहब्बते’ मा पनि एकसाथ काम गरेका थिए । पछि भने उनीहरु कुनै फिल्ममा पनि साथै देखिएनन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?