नीति अनुसन्धान प्रतिष्ठानलाई सरकारको हस्तक्षेप हुँदैन: प्रम ओली

काठमाडौं,४ मसिर,प्रधानमन्त्री केपीशर्मा ओलीले नीति अनुसन्धान प्रतिष्ठानलाई सरकारको तर्फबाट कुनै दबाबवा हस्तक्षेप नहुने बताएका छनु् ।

आज सिंहदरबारमा आयोजित नीति अनुसन्धान प्रतिष्ठानको परिचयात्क बैठकलाई सम्बोधनगर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले देश विकासको नीतितर्जुमा गर्न अनुसन्धान मुलक र तथ्य ढंगले जानकारी ल्याउने उद्धेश्यले गठन गरिएको प्रतिष्ठानलाई कुनै कोणबाट सरकारले असहयोग नगर्ने स्पष्ट पारेका छन् । “ प्रतिष्ठानले स्वतन्त्र ढंगले अनुन्धान गरेर ल्याएको प्रतिवेदनमा हस्तक्षेप गर्ने ठाउँ कहाँ हुन्छ र ” प्रधानमन्त्रीओलीले भने “आवश्यक ठाउँमा राय सुझाव सहित सरकारले त्यसलाई ग्रहण गर्छ ।”
प्रधानमन्त्री ओलीले विकासले गतिलिननसकेकोमा असन्तुष्टि व्यक्त गरेका छन् । मन्त्रालयका सचिब र केहीमन्त्रीहरु सहित आयोजना गरिएको बैठकमा प्रधानमन्त्री ओलीले सरकारका नौ महनिामा सोचे जस्तो विकास हुनन सकेकोमा असन्तुष्टी व्यक्तगर्नुभयो । विकास निर्माण अघि नबढ्नु मानीतिगत समस्यापनि कारक रहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

“विकासलाई बाधा पु-याउने नीतिहरु कहाँकहाँ छन् तिनलाई सच्याउनु पर्दछ” प्रधानमन्त्री ओलीले भने ।  प्रतिष्ठानलाई सम्पूर्ण मन्त्रालय,राष्ट्रिय योजनाआयोग,विश्वविद्यालयहरुसँग समन्वय गरेर समग्र राष्ट्रिय नीतिनिर्माण गर्न प्रधानमन्त्री ओलीले आग्रह गरेका छन् । 

 “सरकारले कमखर्च बढी प्रतिफलदिने नीतिलिएको छ” प्रधानमन्त्री ओलीले भने“हाम्रो ध्येय भनेको सुशासन र विकास हो । यसमा सघाउ पुग्ने गरी सबैको योगदान हुनुपर्दछ । ”

 बैठकमा प्रतिष्ठानका अध्यक्ष चैतन्य मिश्रले प्रतिष्ठानको उद्धेश्य र भावी कार्यक्रमबारे कार्यपत्र प्रस्तुत गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?