ज्यान मारेर फरार अभियुक्त १२ वर्षपछि यसरी परे प्रहरी फन्दामा

ज्यान मारेर फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

२०६३ साल मङ्सिर १० गते कीर्तिपुरकी १४ वर्षे सन्ध्या बस्नेतको हत्या गरेर फरार कुमार बस्नेतलाई महानगरीय प्रहरी पसिरले पक्राउ गरेको हो ।

अभियुक्त यस अघि पनि विभिन्न मुद्दामा जेल परिसकेको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरिक्षक होमिन्द्र बोगटीले बताए । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले अभियुक्त बस्नेतलाई पक्राउ गरी कालीमाटी वृत्तलाई बुझाएको छ ।  

वि सं २०६६ साल फागुन ५ गते ५८० ग्राम खैरो हिरोइन सहित पक्राउ परेका बस्नेतलाई लागू औषध मुद्दामा ७ वर्ष जेल सजाय दिइएको थियो भने अघिल्लो वर्ष कालीमाटीमा भूपु गृह सचिव सरद राज सुवेदीलाई सवारीले ठक्कर दिइ भागेको आरोपमा १ महिना जेल सजाय सुनाइएको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?