जुवा खेलिरहेको अवस्थामा १५ जना पक्राउ

जुवा खेलिरहेको अवस्थामा प्रहरीले काठमाडौं जिल्ला टोखा नगरपालिकाको बानियाटारस्थित महेन्द्र मगरको घरबाट १५ जनालाई पक्राउ गरेको छ ।

प्रहरी निरिक्षक मोहन विक्रम केसीको कमाण्डमा खटिएको महानगरीय प्रहरी परिसरको टोलीले ७ लाख १५ हजार ४ सय रकम सहित सोमबार १५ जनालाई पक्राउ गरेको हो । उक्त स्थलबाट प्रहरीले १ गडी तास र १६ थान कौडा बरामद गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं जिल्ला टोखा नगरपालिका ८ मा बस्ने जीवन बहादुर थापा मगर, रमेश बहादुर श्रेष्ठ, शैकर खत्री, टेकेन्द्र कार्की, रविन कार्की, युवराज अधिकारी, हरि जोशी, कुल बहादुर दाहाल, महेश भुजेल त्यस्तै टोखा नपा ७ मा बस्ने रञ्जन ढकाल, नपा ११ बस्ने शिव प्रधान, नपा ९ मा बस्दै आएका रमेश भुजेल र सविन गुरुङ, नपा ६ मा बस्ने अविक राई र दिनेश लामा छन् ।

पक्राउमा परेकालाई महानगरिय प्रहरी प्रभाग नयाँ बसपार्क काठमाण्डौमा ल्याइ थप अनुसन्धानका लागि वृत्त महाराजगंज काठमाण्डौमा पठाइएको प्रहरीले बताए ।                                                                                                       


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?