‘यात्रा’ को रिलिज डेट तोकियो, पोस्टरमा सलिनमान फोकस

काठमाडौं । चलचित्र ‘यात्राः अ म्युजिकल भ्लग’ ले रिलिज मिति सार्वजनिक गरिएको छ । निर्माण टिमले निर्माता केशव भट्टराईको जन्मदिन पारेर फिल्मको रिलिज मिति र पोस्टर सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएको पोस्टरमा सलिनमान बानियाँलाई देखाइएको छ । उक्त पोस्टरमा सलिनमानलाई क्यामरासँगै देख्न सकिन्छ । यस्तै फिल्मको मिति चैत्र २९ गतेलाई तय गरिएको छ ।

सलिनसँगै  , सलोन बस्नेत , जान्वी बस्नेत , जय नन्द लामा , रेअर राई , प्रेक्षा बज्राचार्य , धिरेन शाक्य , राजाराम पौडेल , विशाल कटवाल , समृद्धि राई , योगेश जंग कुँवर , इश्वर पौडेल , नानीकाजी डंगोल , राजेश बिसुराल , इश्वर पौडेल , बिशाल पहाडी , प्रजोल भट्टराई , देशभक्तखनाल , कमल मैनाली , सौगात शर्मा लगायतले अभिनय गरेको यो फिल्ममा भ्लगरको यात्रालाई समेटिकएको छ ।

यही चलचित्रमार्फत फिल्ममा मल्लिका महतले डेब्यु गर्दै्िछन् । यस्तै विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय देख्न सकिनेछ भने बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राईको अभिनय पनि देख्न सकिनेछ ।

सम्राट शाक्यको कथा तथा निर्देशन रहने यो फिल्मलाई केशव भट्टराई र सुशील पोखरेलले संयुक्त रुपमा निर्माण गर्दैछन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?