चरिकोट– दोलखामा जारी प्रथम प्रकाश स्मृति कप खुल्ला फुटबल प्रतियोगिता अन्तर्गत आज भएका खेलबाट एपिएफ नेपाल र दीपशिखा नैकाप सेमिफाइनलमा प्रवेश गरेका छन् ।
एपिएफ र चितवन जिल्ला फुटबल सङ्घबीच पहिलो खेलमा २–१ गोल अन्तरले जीत हात पार्दै एपिएफ सेमिफाइनलमा प्रवेश गरेको छ । एपिएफका विश्वराम खत्री र सुजन चौधरीले सम्मान एक–एक गोल गरेका थिए । गोल गर्ने धेरै अवसर प्राप्त गरे पनि चितवनले वललार्ई गोलमा परिणत गर्न सकेन अन्तमा सुरेश कुमालले एक गोल फर्काएका थिए ।
दीपशिखा नैकाप र श्री कुमारी क्लबबीच आजै भएको दोस्रो खेलमा ५–० गोलको फराकिलो अन्तरले दीपशिखाले जीत हात पार्दै सेमिफाइनलमा प्रवेश गरेको हो । दीपशिखाले आइभेरी कोस्टका चार खेलाडी मैदानमा उतारेर खेलाइरहेको छ । राष्ट्रियस्तरमा राम्रो खेल्ने श्री कुमारी क्लबले खेल उत्कृष्ट प्रदर्शन गरे पनि सेमिफाइनलको खेलमा जाने सपना दीपशिखाले रोकिदिएको छ । बुधबार क्वार्टरफाइनलको अन्तिम खेल प्लानिङ ब्वाइज र काभ्रे जिल्ला फुटबल सङ्घबीच हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया