वर्षको सबैभन्दा ठूलो फिल्म हो त रजनीकान्तको २.०?

मुम्बई । साउथ इन्डियन फिल्म ‘रोबोट’ को अन्तिममा चिट्टीलाई सरकारले ताकत खत्तम गर्नका लागि आदेश दिएको थियो । चिट्टीलाई एक म्युजियममा राखिएको थियो ।

कथाअनुसार केही वर्षपछि एक रहस्यमयी र सुपरभिलेन (अक्षयकुमार) ले मान्छेलाई चैनसँग बस्न दिँदैन । भिलेनले यति दुःख दिन्छ कि, दुनियाँमा समस्या पारिदिन्छ ।

उक्त सुपरभिलेनको शक्ति मोबाइलका माध्यमबाट आतंक मच्चाउन चाहन्छ । यस्तो अवस्थामा फेरि चिट्टीको याद आउँछ । जसले गर्दा उनीहरुले फेरि सुपरभिलेनबाट छुटकारा पाउन सकून् । फिल्ममा यो पनि देखाइदिएको छ कि, मोबाइलले मान्छे गुलाम बनाइसकेको छ ।

५ सय ४३ करोडको लगानीमा बनेको यो फिल्मलाई तमिलमा बनाइएको थियो । यो फिल्मलाई १४ भाषामा रिलिज गरिँदैछ । यो फिल्म भारतीय फिल्म इतिहासको सबैभन्दा महंगो फिल्म पनि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?