के बिहेपछि दीपिकाले मेटाएकी हुन् रणवीरको नाम ट्याटु?

मुम्बई । मंगलवार रणवीर सिंह र दीपिका पादुकोणले सोसल मिडियामा आफ्ना बिहेका केही तस्वीर शेयर गरे । ती तस्वीर छिनका छिन सामाजिक सञ्जालमा भाइरल भए । दीपिका र रणवीरको बिहेका ती तस्वीर एकाएक भाइरल भए । ती तस्वीरमा आफ्नो परिवारको साथ दीपिका निकै खुशी भइरहेकी थिइन् । तर, तस्वीरमा एउटा कुरा भने मिसिङ थियो । दीपिकाको गर्दनको ट्याटु नै गायब थियो ।

यसपछि धेरैले अनुमान गरेका छन् कि, दीपिकाले आफ्नो गर्दनको ट्याटु मेटाइन् । कुनै बेला रणवीर कपूर र दीपिका पादुकोण रिलेसनशिपमा हुँदा दीपिका र ब्याइफ्रेन्डको नामको ट्याटु आफ्नो गर्धनमा बनाएकी थिइन् । उनले आफ्नो गर्धनमा आरके लेखाएकी थिइन् । पछि रणवीरसँग सम्बन्ध छुटेपछि त्यो ट्याटुमा थोरै परिवर्तन ल्याएकी थिइन् ।

दीपिका र रणवीरको बिहेको तस्वीर खुबै भाइरल भयो । ती तस्वीरमा फ्यानले ख्याल गरे कि, दीपिकाको घाँटीमा खोपेको पुरानो ट्याटु छैन । यो मेकअपमा लुकाइयो या शायद दीपिकाले पुराना यादलाई सधैका लागि मेटाइदिए ।

अहिले बलिउडमा यसको चर्चा हुन थालेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?