नागबेली लघुवित्तले अाजदेखि ९ हजार ५०० कित्ता शेयर लिलामीमा राख्दै

काठमाडौं : नागबेली लघुवित्तले अाज बुधबारदेखि सर्बसाधरण समूहको ९ हजार ५ सय १८.४४ कित्ता शेयर लिलामीमा राखेको छ ।

मंसिर १२ गतेसम्म लिलामीको म्याद तोकिएको यो शेयर खरिद गर्न सर्वसाधारण लगानीकर्ताले न्यूनतम १०० रूपैयाँ र दोस्रो बजारमा कारोबार भर्इरहेको मूल्य ८९० रूपैयाँलार्इ अाधार मानेर अावेदन दिनुपर्छ । 

यो लघुवित्तले गत साउन ४ गतेदेखि भदाै ७ गतेसम्म १ः१ अनुपातमा अाफ्ना लगानीकर्ताका लागि जारी गरेको ७ लाख ६६ हजार ४६३.१५ कित्तामध्ये बिक्न बाँकी शेयर लिलामीमा राखेको हो । 

नागबेलीको हकप्रद भर्न यो कम्पनीका शेयरधनीले बिक्री प्रबन्धक एनएबी क्यापिटलको नागपोखरी कार्यालय तथा एनएमबी बैंकका अधिकांश शाखा जानुपर्ने हुन्छ । 
 
हाल ७ करोड ६६ लाख ४६ हजार रुपैयाँ  चुक्ता पुँजी रहेको नागबेलीले लिलामी सेयर बिक्रीपछि चुक्ता पुँजी १५ करोड ३२ लाख ९२ हजार ६३० रुपैयाँ पु-याउनेछ।

हालै मात्र गत अार्थिक बर्षको कमार्इबाट अाफ्ना शेयरधनीलार्इ १६.११% बोनस शेयर घोषणा गरेको नागबेलीले बोनस वितरणपछि चुक्ता पूँजीको अाकार १७ करोड ७९ लाख ९६ हजार कायम गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?