अार्इसीएफसी फार्इनान्सको खुद नाफा सबैभन्दा बढी

काठमाडाैं : चालु अार्थिक बर्षको पहिलो त्रैमासमा अार्इसीएफसी फार्इनान्सले ४ करोड १३ लाख रूपैयाँ खुद नाफा अार्जन गरि फार्इनान्स समूहमा सबैभन्दा बढी नाफा कमाउने कम्पनी बनेको छ । 

गत अार्थिक बर्षको सोही अवधिको तुलनामा यो फार्इनान्सले ५७.८७% धेरै खुद नाफा कमाएको हो । हालसम्म त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका १८ वटा फार्इनान्स कम्पनीमध्ये अार्इसीएफसी खुद नाफामा सबैभन्दा बलियो देखिएको हो । 

नाफा बढाएपनि यो फार्इनान्सको जगेडा कोषमा १२.८०% कमी अाएको देखिएको छ । तर प्रतिशेयर अाम्दानी, खुद नाफा र चुक्तापूँजी भने बृद्धि भएको छ । 

वित्तीय विवरण प्रकाशन गर्नेमध्ये ११ वटा फार्इनान्सको खुद नाफा बढेको छ भने ७ वटा फार्इनान्सको खुद नाफामा गिरावट देखिएको छ ।आईसिएफसि, श्री इन्भेष्टमेन्ट, पोखरा फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, गोर्खाज फाइनान्स, मञ्जुश्री फाइनान्स, जानकी फाइनान्स, सेन्ट्रल फाइनान्स, वर्ल्ड मर्चेन्ट फाइनान्स, सिर्जना फाइनान्स र जेविल्स फाइनान्सले खुद नाफा बढाएका छन् । तर गुहेश्वरी फाइनान्स, गुडविल फाइनान्स, बेष्ट फाइनान्स, हाथवे फाइनान्स, सिटी एक्सप्रेस र ललितपुर फाइनान्सको खुद नाफा घटेको छ ।

साउनदेखि असोज मसान्तसम्मको विवरण हेर्दा ललितपुर फार्इनान्सको खुद नाफा सबैभन्दा कमजोर देखिएको छ । यो फार्इनान्सले १ करोड १५ लाख रूपैयाँ नोक्सानी ब्यहोरेको छ भने प्रतिशेयर अाम्दानीमा पनि १९ रूपैयाँ ४८ पैसा घाटा लाेको छ । तर यो फार्इनान्सले जगेडा कोष भने ३१.४२% ले बृद्धि गर्न सफल भएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?