मैत्रीपूर्ण खेलमा फ्रान्स विजयी, उरुग्वे स्तब्ध

एजेन्सी । उरुग्वेविरुद्धको मैत्रीपूर्ण खेलमा फ्रान्स विजयी भएको छ ।

मंगलवार राति पेरिसमा सम्पन्न भएको खेलमा विश्व च्याम्पियन फ्रान्सले उरुग्वेलाई १-० गोाल अन्तरले पराजित गरेको हो । ३६ औँ मिनेटको खेल चलिरहँदा युवा स्टार केलियन एमबाप्पे घाइते हुँदै मैदानबाट बाहिरिएका थिए । उनले काँधको चोटका कारण मैदानबाट बाहिरिए । 

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म दुवै टिम गोलरहित बराबरीमा रोकिएका थिए ।

फ्रान्सका लागि ओलिभर गिराउडले गरेको एक मात्र गोल नै निर्णायक बनेको थियो । उनले खेलको ५२ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए । निर्धारित समयसम्म उरुग्वले पनि केही गोल गर्नेमा मौका पाएपनि सदुपयोग भने गर्न सकेन र खेलमा हार बेहो-र्यो । 

फ्रान्सका दुई खेलाडी  पाउल पोग्बा र एन्थोनी मार्टियल पनि चोटकै कारण टोलीमा सहभागी थिएनन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?