अन्तर्राष्ट्रिय प्रशिक्षण नभएपनि नेपाली धावकले उत्कृष्ट नतिजा ल्याउन सक्छ : बैकुण्ठ मानन्धर

काठमाडौं । जापानको ओसाकामा आयोजना हुने बिश्वस्तरिय ओसाका म्याराथन २०१८ मा सहभागी हुन ४ सदस्यिय नेपाली टोली तर्फ प्रस्थान गरेका छन् । 

नेपाली टोलीलाई शुभकामना प्रदान गर्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार बिष्टले एक कार्यक्रमविच बिदाई गरेका थिए । 

नेपाल सरकारको सहयोग तथा राष्ट्रिय खेलकुद परिषद् र डा. खगेन्द्र स्पोर्टस् फाउन्डेशनको ब्यवस्थापनमा सहभागी हुन जाने नेपाली टोलीमा टिम ब्यवस्थापकमा रजत श्रेष्ठ, प्रशिक्षकमा बैकुण्ठ मानन्धर र खेलाडीद्वयमा धर्म महर्जन तथा पुष्प लाल श्रेष्ठ रहेका छन् ।

‘अन्तर्राष्ट्रिय प्रशिक्षण नभएता पनि नेपाली धावकहरुले उत्कृष्ट नतिजा ल्याउने छन् ” प्रशिक्षक बैकुण्ठ मानन्धरले बताए ।

बिगत १० बर्ष देखि डा. खगेन्द्र स्पोर्टस् फाउण्डेशनले खेल तथा खेलाडीहरुको बिकास तथा उत्थानमा हरदम प्रयास गर्दै आईरहेको संस्थापक अध्यक्ष डा. खगेन्द्र बहादुर श्रेष्ठले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?