विश्व व्यापारको घनचक्कर : नाकाबन्दी लगाउने अमेरिका, मार खेप्ने नेपाली !

काठमाडाैं : विश्वलार्इ नियन्त्रण गर्ने प्रणाली अर्थात 'वर्ल्ड अर्डर' मा हुने उलटफेरको प्रभाव प्रतिष्पर्धा गरिरहेका महाशक्ति मुलुकहरूमा मात्र सिमित हुँदैन । यसको प्रभाव ती देशबीचको तनावसँग खासै मतलब नराख्ने विश्वका साना र अल्पविकसित मुलुकमा बढी पर्ने गर्छ । विदेशी मुद्रासँग नेपाली रूपैयाँको निरन्तर अवमूल्यन यही वर्ल्ड अर्डरमा भर्इरहेको प्रतिष्पर्धाभित्रको प्रभाव थियो, जो अमेरिका, चीन, रूस, र्इरान, साउदी अरेबिया र भारत हुँदै नेपाली 'ब्यांक नोट' सँग ठोक्किन अार्इपुग्यो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जब विश्वव्यापारमा अाफ्नो चुनावी नारा 'अमेरिका फस्ट' अबलम्बन गरे, चीनलगायत अन्य व्यापार साझेदारसँगको व्यापार ह्वात्तै कटाैती भयो । ट्रम्पले अमेरिका अायात हुने विदेशी सामान (मुख्यत : चिनियाँ उत्पादन) माथि चर्को कर थोपरे, तब विश्वभर नै अमेरिकी डलर अभाव भयो । चीनले पनि अमेरिकी सामानमाथि कर लगायो । अमेरिकाका अन्य व्यापार साझेदारहरूले पनि अाफ्नो अनुकूलतामा यसै गरे । 

असोज २४ गते । यो दिन नेपाली रूपैयाँसँग विदेशी मुद्रा विनिमयको 'कालो दिन' बन्यो । नेपालको मुद्रा र्इतिहासकै सबैभन्दा कमजोर बन्यो । एक अमेरिकी डलरसँग् खरिददर ११७ रूपैयाँ ९१ पैसा र बिक्रीदर ११९ रूपैयाँ १० पैसा कायम भयो । अान्तरिक उत्पादनले मागको निकै कम हिस्सा पनि थेग्न नसक्ने र विदेशबाट सामान अायात गरि दैनिकी चलाउनुपर्ने देशका लागि यसरी स्वदेशी मुद्राको अबमूल्यन हुनु निकै समस्याजनक थियो । 

नेपाली रूपैयाँको अबमूल्यन अझै रोकिएको छैन । अमेरिकाले अन्य मुलुकसँग थालेको ब्यापार युद्धले नेपालीका चाडबाड महंगियो । अन्न, लुगाफाटा र दैनिक अत्यावश्यकीयदेखि मनोरञ्जन र विलासिताका सामानको भाउ ह्वात्तै बढ्यो । धन्न ! विदेशमा रहेका ५० लाख भन्दा बढी नेपालीले रेमिट्यान्स पठार्इरहे । यही रेमिट्यान्सको अाडमा मुलुकको अर्थतन्त्र र अाश्रित परिवारको जीवन चल्ने स्थिति बन्यो । 

अमेरिकी डलरको भाउ बढेसँगै चर्को व्यापार घाटा ब्यहोरेको नेपालले यही वर्ल्ड अर्डरमा भएको पछिल्लो घटनाले त्राण पाएको छ । कारण : अमेरिका अब चिनियाँ र अन्य देशको सामान अायाततिर भन्दा तेलको राजनीति र मध्यपूर्वमा अाफ्नो अर्डर मिलाउन ब्यस्त भएको छ । यही क्रममा उसले तेल उत्पादक मुलुक र्इरानमाथि नाकाबन्दी लगाएको छ ।

अमेरिका र उसको साझेदार साउदी अरेबियाले तेल उत्पादनको मात्रा बढार्इरहेका छन् । किनकी, र्इरानमाथि प्रतिबन्ध लगाउँदा तेल अभाव भए अमेरिकाले नै अपजस भोग्नुपर्छ । त्यसैले अाफ्ना सबै तेल उत्पादन केन्द्र पूर्ण क्षमतामा चलार्इरहेको अमेरिकाले अब चाहिँ यसको कुप्रभाव अाफ्नै मुद्रामा खेप्न थालेको छ । 

नोभेम्बर ५ तारिखदेखि अमेरिकाले र्इरानमाथि जसरी प्रतिबन्ध लगायो, सोही घटनाको परिणामस्वरूप नेपाली रूपैयाँ बलियो हुँदैछ । भारत र चीनजस्ता ठूला एसियाली मुलुकमा र्इरानको तेल पनि अार्इरहेको छ । अमेरिका र साउदी अरेबियाको तेल पनि विश्व बजारमा छेलोखेलो अापूर्ति भर्इरहेको छ । तेलको मुल्य पनि सस्तिएको छ । अर्थात, अमेरिकी डलर पनि सस्तिएको छ । 

जब तेल सस्तिन्छ, अमेरिकी डलर कमजोर हुन्छ । अमेरिकी डलरसँग भारतीय रूपियाँ बलियो हुन पुगेको छ । भारतले अब विश्वबजारबाट सामान किन्दा पहिलेभन्दा सस्तोमा खरिद गर्छ । उसले नेपालमा सामान पठाउँदा पनि सोहीबमोजिमको अाैषत मूल्यमा पठाउने गरेको छ । नेपाली रूपैयाँसँग स्थिर विनिमयदर रहेको भारू मजबुत बन्दा अमेरिकी डलरको विनिमय घटिरहेको छ । भारूसँग डलरको भाउ घट्दा नेपाली रूपैयाँसँग पनि घटिरहेको छ । 

बुधबार अमेरिकी डलरसँग नेपाली रूपैयाँको खरिददर ११४ रूपैयाँ ३ पैसा र बिक्रीदर ११४ रूपैयाँ ६३ पैसा कायम भएको छ । ११९ रूपैयाँबाट ११४ रूपैयाँसम्म अमेरिकी डलरको भाउ खस्किँदा स्वत : नेपाली रूपैयाँ बलियो बनेको छ । डलर महंगो हुँदा महंगोमै सामान किनेका नेपालीले डलर सस्तिएसँगै पहिलेभन्दा कम मूल्यमा खरिद गर्न सक्छन् ।

यसरी, वैश्विक अर्थतन्त्र र व्यापार युद्ध एवं वर्ल्ड अर्डरको जालोमा झन्डै फसिसकेको नेपाली रूपैयाँ यतिखेर अमेरिकाकै नीतिका कारण बलियो बन्दै गर्इरहेको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?