हरेक खेल हृदयबाट नै खेलेँ : टिम काहिल

एजेन्सी । अस्ट्रेलियाका फर्वाड तथा मिडफिल्डर टिम काहिलले राष्ट्रिय टिमबाट खेल्न पाउँदा गर्व महसुस भएको बताएका छन् । 

लेवनानविरुद्धको अन्तिम अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा मैदानमा उत्रिएका काहिलले राष्ट्रिय टिमबाट खेल्दा मनैबाट खेल खेलेको पनि जानकारी दिए । विदाई खेलमा निक्कै भावुक बनेका काहिलले अन्तिम खेलमा आफु भावविहाल भएको बताए । 

‘खेल सकिए लगतै मेरो आखाबाट आशुको ढिक्का खस्यो, यो समयमा नै तपाईहरुले मलाई रोएको देख्नुभयो’ उनले भने । 

‘खेलको दौरान जब मैले टिमको हरियो र सुनौलो जर्सी लगाउथे आफैलाई भाग्यमानी ठान्थे, मैले खेलेको हरेक खेल हृदयबाट नै खेले र मैले कहिल्यै मैदान छाडिन, मेरो राष्ट्रिय टिमलाई धेरै-धैरै धन्यवाद छ’ उनले भावुक हुँदै भने । 

उनले अस्ट्रेलियाका पूर्वा गोलरक्षक मार्क स्र्वाजरभन्दा एक खेल कम खेल्दै राष्ट्रिय टिमबाट बिदा लिएका हुन् । काहिलले १ सय ८ खेल खेलेका छन् भने स्र्वाजरले १ सय ९ खेल खेलेका छन् । उनले स्र्वाजरले बनाएको रेकर्ड तोड्न एक खेल मात्र कम खेले । 

सन् २००४ देखि राष्ट्रिय टिमका नियमित खेलाडी काहिलले ५० गोल गरिसकेका छन् । लेवनानसँगको खेलमा उनलाई दोस्रो हाफमा मात्र मैदानमा उत्राएको थियो । खेलको ८२ औँ मिनेटमा आरोन मोएको स्थानमा उनलाई मैदान प्रवेश गराइएको थियो । 

यो जितसँगै कीर्तिमानी गोल कर्ता काहिलको शुखद बिदाई गरिएको छ । खेलको ८२ औँ मिनेटमा मैदानमा उत्रिएका काहिलले खेलको यो नै अन्तिम खेल हो ।

३८ वर्षिय पूर्व इंग्लिस क्लब इभर्टनका खेलाडी काहिललाई ‘गर् अफ अनर’को रुपमा परिचित उनको मंगलवार राति शुखद विदाई गरिएको थियो । 

काहिलले अस्ट्रेलियाका लागि विश्वकप फुटबलमा पहिलो गोल गर्ने खेलाडी समेत हुन् । सन् २००६ मा सम्पन्न विश्वकपको समूह चरणको खेलमा एशियाको पावर हाउस मानिने जापानलाई पराजित गर्न उनको महत्वपूर्ण योगदान रहेको थियो । त्यो खेलमा अस्ट्रेलियाले जापानलाई ३-१ गोल अन्तरले हराएको थियो । 

साथै काहिलले राष्ट्रिय टिमबाट तीन विश्वकप फुटबल खेल्र्द पाँच गोल गर्न पनि सफल भए । उनले सन् २०१० को विश्वकपमा नेदरल्याण्डविरुद्ध उत्कृष्ट गोल गरेपछि विश्व खेलकुद जगतमा उनको चर्चा चुलिएको थियो । 

लेवनानविरुद्धको मैत्रीपुर्ण खेलमा भने अस्ट्रेलिया ३-० गोल अन्तरले विजयी भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?