मैत्रीपूर्ण खेलमा ब्राजिल र अस्ट्रेलिया विजयी

एजेन्सी । ब्राजिलले क्यामरुनविरुद्धको मैत्रीपूर्ण खेलमा जीत दर्ता गरेको छ । 

मंगलवार राति सम्पन्न भएको खेलमा खेलमा ब्राजिलले क्यामरुनलाई १-० गोल अन्तरले हराएको हो । खेलको आठौँ मिनेटका ब्राजिलका कप्तान नेयमार घाइते हुँदै मैदानबाट बाहिरिएका थिए ।

मांसपेशीमा समस्या देखिएपछि नेयमारको स्थानमा  रिचार्लीसनलाई मैदानमा उतारेको थियो । खेलको ४५ औँ मिनेटमा रिचार्लीसनले गरेको एक मात्र गोल नै निर्णायक बनेको थियो ।

प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलको निर्धारित समयसम्म क्यामरुनले पनि केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन र खेलमा हार बेहो-र्यो । 

त्यस्तै मंगलवार राति नै भएको अर्को मैत्रीपूर्ण खेलमा अस्ट्रेलियाले लेवनानलाई ३-० गोल अन्तरले पराजित ग-यो । 

भेट्रान फरवार्ड तथा मिडफिल्डर टिम काहिलको बिदाई खेलमा अस्ट्रेलियाले शानदार जीत हात पारेको हो । अस्ट्रेलियालाई जीत दिलाउन मार्टिन वोएलले दुई तथा म्याथ्यु लेकीले एक गोल गरे । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?