काठमाडौं : काभ्रेको साँगामा केन्द्रीय कार्यालय रहेको सामुदायिक लघुवित्त वित्तीय संस्थाले गत अार्इतबार जारी गरेको प्राथमिक निष्काशन (अार्इपीअो) अाज बेलुकीसम्म भर्न पार्इने भएको छ ।यो लघुवित्तले मंसिर २ गतेदेखि ३ करोड रूपैयाँ बराबरको ३ लाख कित्ता आर्इपीओ बिक्री खुला गरेको हो ।
मंगलबार बेलुकीसम्म यो लघुवित्तको अार्इपिअोमा ४२.५९ गुणा बढी अावेदन परेको बिक्री प्रबन्धक एसबीअार्इ मर्चेन्ट बैंकिङले जानकारी दिएको छ । सर्वसाधारणका लागि २ लाख ७३ हजार कित्ता शेयर निष्काशन गरेकोमा १ करोड १६ लाख २६ हजार ४५० कित्ता अार्इपीअो बराबरको अावेदन परेको छ ।
मंगलबारसम्म परेको अावेदनको हिसाबले १ लाख ५१ हजार ८११ अावेदकले १० कित्ता शेयर पनि नपाउने देखिएको छ । अब २७ हजार ३१० जना अावेदकले मात्र १० कित्ताका दरले शेयर पाउने भएका छन् ।
गत माघमा नै यो लघुवित्तले आर्इपीओ बिक्रीका लागि आब्हानपत्र सार्वजनिक गरेपनि शेयर निष्काशन गर्न पाएको थिएन । झन्डै २ करोढड ५० लाख रूपैयाँ घोटाला भएको ठहरसहित केन्द्रीय अनुसन्धान ब्युरो ९सीआर्इबी० ले संस्थाका ४ जना पदाधिकारीहरूलार्इ पक्राउ समेत गरेको थियो ।
आवश्यक प्रकृया पुरा गरेपछि नेपाल राष्ट्र बैंकले यो लघुवित्तलार्इ आर्इपीओ निष्काशनको अनुमति दिएको हो । सामुदायिकले जारी गरेको ३ लाख कित्ता आर्इपीओमध्ये सर्वसाधारण लगानीकर्ताले २ लाख ७३ हजार कित्ताका लागि मात्र आवेदन दिन पाउनेछन् । बाँकीमध्ये १२ हजार कित्ता संस्थाका कर्मचारी र १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ ।
यो लघुवित्तको आर्इपीओमा लगानीकर्ताले न्यूनतम पचास र अधिकतम १५ सय कित्ताका लागि आवेदन दिन सक्नेछन् । आर्इपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मा नेपाल एसबीआर्इ मर्चेन्ट बैंकिङ लिमिटेडले पाएको छ ।
यो संस्थाको चुक्तापूँजी ७ करोड रूपैयाँ रहेको छ । आर्इपीओ निष्काशनपछि यसको आकार १० करोड रूपैयाँ पुग्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया